आज (बुधबार) बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ३५० सय रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...