काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
