काँग्रेस नेता खनालले मनाए बृद्वाश्रममा जन्मदिन

तनहुँ । नेपाली काँग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणि खनालले आफ्नो ४१ औं जन्मदिनको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ मा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा रहेको वृद्धाश्रममा मनाएका छन् ।

खनालले च्वयन धाममा रहेकाे आश्रममा जेष्ठ नागरिकलाई फलफूल र पछ्यउरा दिई जन्मदिन मनाएका हुन् । मुक्तिनाथ च्यवन धाम वृद्धाश्रममा हाल ८ जना जेष्ठ नागरिक रहेका छन् । उनले बृद्वबृद्वालाई फलफूल एवं दोसल्ला प्रदान समेत गरे ।

Advertisement

आफूले सानो उमेरमै आमा गुमाउनुपरेको पिडा सधैं रहिरहने हुँदा उनीहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी भएको व्यक्त गरे ।

More News last news
Loading...