बझाङमा माओवादीबाट जनक बुढा उम्मेदवार

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो । बझाङ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त थियो ।

Advertisement

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आज कैलालीको धनगढीमा बसेको बैठकले प्रदेश समितिका सचिव रहेका बुढालाई प्रदेशसभा सदस्यको प्रत्याशी बनाउन सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

More News last news
Loading...