आज घटेन, बढेन सुन चाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको भाउ प्रतितोला एक हजार ५२५ रुपैयाँ रहेको छ।

More News last news
Loading...