पोखरा । रुपा गाउँपालिका वडा नम्बर ५, मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला सम्पन्न भएको छ। सो भेलाले भोजराज पौडेलकको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक मामिला विभागका केन्द्रीय सदस्य उत्तम प्रसाद पौडेल, गण्डकी प्रदेश प्रशिक्षण विभागका प्रमुख डा. तुलसीराम खनाल लगायतको उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
भेलामा शुभकामना दिँदै पार्टीका साङ्गठनिक गतिविधिबारे उत्तम प्रसाद पौडेलले जानकारी गराउँदै भने प्रशिक्षण विभागबाट आगामी दिनमा संचालन हुने कार्यक्रमबारे डा. खनालले प्रकाश पारेका थिए ।
यस्तो छ रास्वपा रुपा ५ को वडासहित
सभापति : भोजराज पौडेल
उपाध्यक्ष : सन्तोष आचार्य
सचिव : सुमन बसौला
श्रीराम ढकाल
सविन आचार्य
नर बहादुर गुरूङ्ग
विरेन्द्र पौडेल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
