पोखरा । बंगलादेशी वायुसेवा कम्पनी एयर अस्त्रले ढाका–पोखरा दुईतर्फी उडान गर्न छुट सुविधा मागेको छ । तीन वर्षअघि सञ्चालनमा आएको अस्त्रले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि छुट मागेको हो ।
कम्पनीले भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्क लगायतमा छुट दिन आग्रह गरेको छ । कम्पनीले अर्थ र पर्यटन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन मन्त्रालयमा छुटको मागसहित आवेदन दिएको छ ।
उडानका क्रममा नेपाली रुपैयाँ र बंगलादेशी टाँकाको सटहीमा सहजीकरण गरिदिन कम्पनीले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । कम्पनीको मागबारे अध्ययन गरिरहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार, कम्पनीले विभिन्न विषयमा छुट मागेको छ ।
यो वायुसेवाले जेनरल सेल्स एजेन्ट्स ‘जीएसए’को जिम्मेवारी सोसाइटी इन्टरनेसनल ट्राभललाई दिएको छ । कम्पनीको सुरुमा सातामा ४ व्यावसायिक उडान गर्ने तयारी छ । अस्त्र एयरवेज अन्तर्गतको एयर अस्त्र सन् २०२१ बाट सञ्चालनमा आएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
