घट्यो आज सुनको मूल्य, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख २७ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज भने तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ५०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...