जेष्ठ नागरिकलाई साक्षी राखेर रुपा–५ फेदीमा होली विशेष कार्यक्रम सम्पन्न

लेखनाथ । कास्कीको रुपा-५ फेदीमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । फागु पूर्णिमा अर्थात होली पर्वका दिन (आइतबार) स्थानीय दोभान क्लबको आयोजनामा होली कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष सुजन श्रेष्ठको सभापतित्व तथा जेष्ठ नागरिक टिकाराम श्रेष्ठको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा बिशिस्ट अतिथि रुपा ५ कि वडा सदस्य मिना कुवरको सहभागिता रहेको थियो ।

Advertisement

दोभान क्लबको खेलकुद मैदान रुपा–५ फेदीमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई साक्षी राखेर नयाँ पुस्तालाई आफ्नो संस्कार सिकाउन र टिकाउने कार्यक्रम आयोजना गरेको भन्दै समाजका अग्रजहरुले क्लबको प्रशंसा गरेका थिए ।

देउराली फेदीलाई नेपाल तथा विदेशमा चिनाउने प्रयास

समाज परिवर्तन हाम्रो अभियान, युवा नेतृत्व दोभानको पहिचान भन्ने नारा सहित गठन भएको दोभान क्लबले होली बिशेष कार्यक्रम राखेर नेपालको परम्परा देखि चलिआएको संस्कृति जोगाउने, युवाहरुबीच भाइचारा सम्बन्ध राखेर खेलकुद कार्यक्रमको मार्फत देउराली फेदीलाई नेपाल तथा विदेशमा चिनाउने प्रयास भएको क्लबका सल्लाहकार तथा लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीका अध्यक्ष सुरेन श्रेष्ठले बताए ।

बसौलालाई आर्थिक सहयोग हस्तान्तरण

कार्यक्रममा पछिल्लो समय दुर्घटनामा परी घाइते भएका क्लबका सदस्य गणेश बसौलालाई स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग हस्तान्तरण गरियो । आर्थिक अवस्था कमजोर भएका क्लबका सदस्य बसौलाको उपचारका लागि दोभान क्लबको पहलमा फेदीमा रहेका संघ–संस्था तथा व्यक्तिहरुले आर्थिक रकम संकलन गरेका थिए ।

 

 

More News last news
Loading...