गण्डकीमा नवनियुक्त मन्त्री मनाङेले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ दीपक मनाङेले शपथग्रहण गरेका छन्। सोमबार मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मनाङेलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त गरेका हुन्।

मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। आइतबार मात्रै उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिएका थिए।

Advertisement

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन्। अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन्।

More News last news
Loading...