सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना

एजेन्सी | सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज सार्वजनिक गरेको श्रम बजार प्रतिवेदन अनुसार नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार पाँच सय गैरआवासीय र चार हजार नौ सय जना स्थानीय रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

Advertisement

सिङ्गापुरवासीका लागि धेरैजसो नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन्।

सन् २०२२ मा छ हजार चार सय ४० जनाको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार पाँच सय ९० जना पुगेको छ। गएको वर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर शून्य दशमलव सात प्रतिशतमा स्थिर रहेको थियो।

More News last news
Loading...