सिके राउतको खुलासा ‘बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकारले पक्राउ गर्ने योजना बनाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले खुलासा गरेका छन् ।

गत भदौ १६ गते मेयर बालेनले महानगरको गाडी सरकारले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । उनले भनेका थिए- ‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।’

Advertisement

मेयर बालेनको उक्त अभिव्यक्तिपछि उनलाई पक्राउ गर्ने सरकारले योजना बनाएको तर आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्राउ गर्नु हुँदैन भन्ने अडान लिएपछि सरकार पछि हटेको बताएका हुन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्– ‘त्यो बेला सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई सोध्नुभयो के गर्ने भनेर, नयाँले नयाँलाई समर्थन गर्छ कि भन्ने आशंका लागेको होला । मैले भने उहाँ (बालेन)लाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन।’

‘उहाँको स्ट्याटसमा डेढ लाख जति कमेन्ट आएको छ, त्यो कमेन्ट पढ्नुहोस् ९५ प्रतिशतले सरकारलाई नै गाली गरेको छ । उहाँको समर्थन गरेको छ । यस्तो अवस्थामा उहाँलाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ हामी चोरै है त ? हामीलाई यस्तो भन्ने भनेर पक्राउ गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो ।’

More News last news
Loading...