काठमाडौँ । कला र ग्लामर क्षेत्रमा नवप्रवेशी खुशी लिम्बुले अभिनेत्री तथा मोडल गरिमा शर्मासंग अभिनय गरेको आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पत्रकारिता, समाजसेवा र एनआरएन अभियन्ता लिम्बूको यसअघि आफ्नै स्वर र अभिनयको प्रस्तुति मैच्याङको गालाको कोठी गीतले निकै चर्चा बटुलिसकेको छ ।
लिम्बूको दोश्रो प्रस्तुति ‘बर्षगाँठको शुभकामना’ गीतमा संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका हुन् । प्रस्तुत युगल गीतमा संगीतकार तारा प्रकाश लिम्बू आफैंले स्वर भरेका छन् भने महिला स्वरमा चर्चित गायिका अन्नु चौधरीको आवाज सुन्न सकिन्छ। निर्देशक सुरेश पाण्डेद्वारा निर्देशित बर्षगाँठको शुभकामना साँगीतिक भिडियोलाई खुशी लिम्बू दम्पत्तीले ‘शताब्दीको एक चौथाईको आफ्नो प्रेमको उदाहरणीय नमूना’ भनेका छन् ।
म्युजिक भिडियोको दृष्यमा विशेषगरी युगल दम्पत्तीको घर र प्रेमभावलाई दर्शाइएपनि पृष्ठभूमिमा काठमाण्डौं उपत्याका एक भाग समेत देखाइएको छ । भिडियोको छायाङ्कन बरिष्ठ छायाँकार सौरभ लामा र हिमाल श्रेष्ठले गरेका हुन् । त्यस्तै श्रृङुगार सञ्जू थल्लङ गरेका हुन् भने प्रोडक्सन म्यानेजर मनोज जोशी हुन् । ‘बर्षगाँठको शुभकामना’ म्युजिक भिडियोलाई एचडी र फोरके क्वालिटीमा खुशी लिम्बु युट्युब च्यानल Khushi Limbu मा हेर्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
