कवाड व्यवसायीलाई होइन कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर : सीके राउत

काठमाडाैं | जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​​

कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय बागदरबार पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।​​

Advertisement

‘कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता​ छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘​कवाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो ।’

More News last news
Loading...