काठमाडौँ । संघीय संसद् सचिवालयले बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट फिर्ता मागेको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्पर्क तथा सत्य शाखाका उपसचिव प्रदीप गुरागाईंले एक सूचना जारी गर्दै यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यबाट राहदानी बुझाउन आग्रह गरेका छन्।
उनले सूचनामा भनेका छन् – ‘राहदानी नियमावली, २०७७ को नियम १८ (१) मा कूटनीतिक राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्तिले पदबाट अलग भएको एक महिनाभित्र कूटनीतिक राहदानी फिर्ता गर्नु पर्ने व्यवस्था रहेको माननीय सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध गरिन्छ।’
यही फागुन २० गते कार्यकाल समाप्त हुने संघीय संसद्, राष्ट्रिय सभाका सदस्यलाई आगामी चैत्र २० गतेभित्र कूटनीतिक राहदानी नियमबमोजिम राहदानी विभाग, त्रिपुरेश्वरमा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय संसद् सचिवालयमार्फत राहदानी फिर्ता गर्न चाहनेलाई आगामी चैत १९ गते भित्र संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा बुझाउन भनिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
