कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Advertisement

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए।

त्यसपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ।

More News last news
Loading...