आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको दरभाउमा हिजो (सोमबार)कै मूल्य कायम भएको हो ।

आइतबार १ लाख १८ हजार ५०० रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेको थियो । यो गुणस्तरको सुनको प्रतितोला मूल्य सोमबार १ लाख १८ हजार ३०० रुपैयाँ रहेकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।

Advertisement

तेजाबी सुनको मूल्य पनि स्थिर नै छ । आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने प्रतितोलामा १५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको हो ।

More News last news
Loading...