पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले राजनीतिक परिवर्तन पछि अब कृषिमार्फत आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको भ्रातृ संघ समन्वय विभागको प्रमुख समेत रहेका क्षेत्रीले नेविसंघको कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमार्फत आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिएका हुन् ।
क्षेत्रीले नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय, प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस, पुरनचौर पोखराको वनभोज कार्यमलाई सम्बोधन गर्दै अब फेरि विद्यार्थी राजनीतिले युगको चुनौती सामाना गर्न सक्नुपर्ने पनि बताए ।
क्याम्पस इकाइ सभापति लोकराज बडुको सभापतित्व तथा नेता क्षेत्रीको प्रमूख आतिथ्यतामा धम्पुसमा आयोजित बनभोज कार्यक्रममा प्रथम वर्षका विद्यार्थीलाई स्वागत एवं सांगीतिक र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो l
कार्यक्रममा विशिस्ट अतिथिको रुपमा नेविसंघ केन्द्रिय सदस्य राजिव बास्तोला, बिनोद केसी, गङ्गा गिरी, नेपाली कांग्रेसस पोखरा–१९ का सभापति बिष्णु बास्तोला, बिशेष अतिथी नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति सुशील न्यौपाने तथा नेविसंघ नेता न्युटन अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रम सुजिता अधिकारीले सञ्चालन गरेकी थिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
