आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...