स्याङ्जाका अलपत्र रहेका तीन सडक निर्माणका लागि सांसद थापाको माग

 

काठमाडौं l नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य राजु थापाले स्याङ्जा जिल्लाका प्रमुख तीन सडकहरु अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस जिल्ला सभापति समेत रहेका युवा नेता थापाले स्याङ्जाको पुतलीबजारदेखि पर्वतको कुश्मा जोड्ने सडक, स्याङ्जा जिल्लाको व्यापारिक केन्द्र बालिङ बजारदेखि मिर्दी हुँदै भिमाद सडक र स्याङजाको मग्याङम चिसापानीदेखि तनहुँको दुलेगौडा सडक अलपत्र परेका भन्दै बजेट बिनियोजनका लागि ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

उनले स्याङ्जा, तनहुँ र पर्वत जोड्ने सडक निर्माण हुँदा तीन वटै जिल्लाको बिकासमा टेवा पुग्ने बताएका छन् । राज्यको तर्फबाट अर्बौ लगानी भईसकेका यी सडकहरुलाई गत २०७४ सालको सरकारपछि बजेट काटिएको स्मरण गराउँदै सडकहरु निर्माण सम्पन्न गर्नका लागि सरकारले तदरुकता देखाउनुपर्ने उनको माग थियो ।

More News last news
Loading...