फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको रहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

More News last news
Loading...