आज ह्वात्तै बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको छ।

यस्तै बिहीबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

 

Advertisement

More News last news
Loading...