रुपामा राजनको गर्जन, ‘शरीरमा एकमुठी सास रहुनजेल तपाईहरुकै बीचमा रहन्छु’

पोखरा । रुपा २ का वडाध्यक्ष राजन सुवेदीले शरीरमा एकमुठी सास रहुन्जेल जनतामाझ रहने बताएका छन् । कास्कीको रुपा गाउपालिका–४ को ठकुरी बस्तीमा गोर्खा कालिका क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रम २०८० को समापन कार्यक्रममा बोल्दै सुवेदीले भने, “रुपा वासीले मलाई धेरै माया दिनुभएको छ । यति धेरै माया पनि नगर्नुहोस्, कहिलेकाँही बाटो बिराएछु भने औँला पनि उठाउनुहोस् ।”

“साथिहरु यताउता गरिरहनु भएको थियो । एकदिन म संग भेट भयो र विकास र समृद्धिका कुरा गर्ने सन्दर्भमा हामीले गोर्खा कालिका क्लबलाई बैधानिकता दिने र यस अभियानको नेतृत्व म आफैले गरेर कल्बलाई बैधानिकता दिएको स्मरण गर्दै सोहि क्लबले यतिठुलो कार्यक्रम गर्दा निकै खूशी लागेको छ”, कार्यक्रमको प्रमुख अथिति समेत रहेका सुवेदीले भने ।

Advertisement

‘खानेपानीको निकै समस्या छ मैले बुझेको छु, बाटो पनि बनाउन पर्ने छ, खेल मैदानको अभाब रहेछ यी सबै कुरामा मेरो ध्यान गयको छ जनताको जनजिबिकाको बिषयमा सधै म लागि रहने छु’, गण्डकी प्रदेश सरकार वा संघ सरकारलाई सहयोगको अपिल गरेर केहि न केहि बजेट व्यवस्थापन गर्ने वडाध्यक्ष सुवेदीले बताए । उनले थपे, अहिले नेताहरु कुराले मात्रै नेता भएका छन् हामीले सोचेजस्तो समृद्धिको काम गर्न सकिएको छैन । अब काम गर्ने र कुरा मात्रै गर्नेलाई जनताले राम्रोसँग चिन्नुपर्ने बताउँदै सुवेदीले काम गर्ने र अप्ठ्यारोमा साथ दिनेलाई प्रोत्सान गर्नुपर्छ ।

कार्यक्रममा विशिस्ट अतिथिका रुपमा शुभकामना मन्तब्य राख्दै रुपा गाउपालिका वडा न ४ का वडा अध्यक्ष मुकुन्द वंशीले ठकुरी बस्तीको यो निरन्तरको कार्यक्रम भएको र यस्ता कार्यक्रम गरिरहने क्लबलाई विशेष योगदान गर्नुहुने प्रमुख अतिथि राजन सुवेदी रुपाकै सम्पति भएको बताए ।

क्लबका विशिष्ट सदस्यले स्वागत मन्तब्य राख्दै गोर्खा कालिका क्लबले गरेको कामले रुपा ४ कै गौरब बढाएको र रुपामा छुट्टै पहिचान बनाएको भन्दै सधै यसरी नै सहयोगको अपेक्षा गरेको बताए । क्लबका अध्यक्ष होम बहादुर ठकुरीको अध्यक्षयतामा सम्पन्न कार्यक्रम कल्बका सचिव मदन मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।

More News last news
Loading...