काठमाडौं । नेपाली काँग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका लागि प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिका सचिव केशवराज जोशीले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरिएको जानकारी दिनुभयो ।
सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिएर आएका सुझावबारे छलफल गरिने जोशीले बताउनुभयो । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ गते हुने निर्वाचनका निम्ति पार्टीका उमेदवारसँग छलफल गरिएको थियो ।
राष्ट्रियसभाका रिक्त हुन लागेका कुल १९ सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दलहरुले सिट बाँडफाँट गरेका छन् । जसनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
