आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको भाउ बुधबार पनि घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ।

Advertisement

यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो।

More News last news
Loading...