काठमाडौँ । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय वाईसीएल नेता साजन गुरुङको मृत्यु भएको हो ।
दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले बताए । साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध थिए ।
सचिव सुनारका अनुसार श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन् । श्रीमानका अनुसार, युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले दिएका थिए । साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
