काठमाण्डाै । आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
