नयाँ पुस्ताकी गायिका पुजा देबकोटा र धिरज सिंहको स्वरमा नयाँ गीत ‘सम्झ्या मात्रै’ बजारमा

काठमाडौँ । पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किदै आएका गायक, गीतकार, संगीतकार, साहित्यकार तथा बहुप्रतिभाका धनी हिक्मत शाही क्षितिजको शब्द, संगीत अहिलेकी चर्चित गायिका पुजा देबकोटा र नबोदित गायक धिरज सिंहको सुमधुर स्वरमा रहेको ‘सम्झ्या मात्रै न रोए’ देउडा गीत सार्बजनिक भएको छ।

स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको उक्त गीतको म्युजिक भिडियोमा  हिक्मत शाही क्षितिज, सैलेश  हमाल, सृजना गिरीको अभिनय रहेको छ । उब्जन युके र निर्देशन स्वयम हिक्मतले गरेका हुन् भने सांग्रिला क्रियशनका प्रमूख बिनोद बमले सम्पादन गरेका हुन्।

Advertisement

रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान, सत्कार साथै माझी दाइको जिन्दगीको कथा यस गीतको भिडियोमा देख्न सकिन्छ Hikmat Shahi Kshitiz युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो। राराको पर्यटन विकासको प्रचारप्रसारमा थप सहयोग पुग्ने भएकोले धेरै दुःख कस्ट गरेर रारामै सुटिङ गरिएको  हिक्मत शाहिले बताए।

More News last news
Loading...