आज बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । १८ पुसयता घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ।

Advertisement

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो।

चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

More News last news
Loading...