निरन्तर घट्दै सुनको भाउ, कति घट्यो आज ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको भाउ घटेको छ । आइतबारदेखि निरन्तर घटेको सुनको भाउ आज पनि प्रतितोला २०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार छापावाल सुन २०० रुपैयाँले सस्तिँदै प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

Advertisement

तेजाबी सुन पनि आज तोलामा २०० रुपैयाँले नै सस्तिएर १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भाउ स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...