काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा बहुमुल्य बस्तु सुनको भाउ निरन्तर उकालो लागिरहेको छ। शुक्रबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेपनि सुनको भाउ १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन भने छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कोभिड १९ अगाडीसम्म ६० देखि ७० हजारको हाराहारीमा रहेको सुनको भाउ दुई तीन वर्षको अवधिमा झण्डै दोबर पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
