काठमाडौँ । जब बजारमा विष्णु माझीको गीत आउँछ । त्यसले राम्रै चर्चा बटुल्छ । बजारमा गीतको चर्चासँगै विष्णु माझीको जीवनको चर्चा पनि तिब्र रुपमा फैलिन्छ । ११ वर्षभन्दा बढी समयदेखि ‘मिडिया’सँग लुकेकी यी गायिका भौतिक रुपमा बाहिर आउँदा कसरी सार्वजनिक होलिन् ? कस्ती भइसकेकी होलिन् ?
अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
