तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा केन्द्रको शुभारम्भ गर्नुभएको हो । पालिकालाई फोहरमैला व्यवस्थापन गर्न कठिन हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि सहज हुने गाउँपालिकाले जनाएको छ।
केन्द्रमा गाउँपालिकाको बजार क्षेत्रका कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु केन्द्रमा जम्मा गरिने जनाइएको छ । कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाउने पालिकाले जनाएको छ ।
गाउँपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ सालमा स्थानीयसँग ३३ लाख रुपैयाँमा २२ रोपनी आठ आना जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड १५ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।
केन्द्रमा करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गर्न टिपरसमेत खरिद गरिएको छ । त्यस्तै फोहरमैला व्यवस्थापनका लागि स्थानीयसँग न्यूनतम एक सय रुपैयाँ शुल्क लिइने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
