स्याङ्जा । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेस स्याङ्जाले जिल्लामा क्रियाशिल दुई पत्रकार र दुई मिडिया हाउसलाई सम्मान गरेको छ ।
लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनका पक्षमा निरन्तर कलम चलाएको भन्दै पत्रकारद्वयलाई सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारमा युवराज पौडेल र हिमाल न्यौपाने रहेका छन् भने मिडिया हाउसतर्फ रेडियो आधिखोला र हेर्ने कुरा डटकम रहेका छन्।
स्याङ्जामा क्रियाशिल पत्रकार पौडेल हिमालय टाइम्स र पब्लिक फोरके टेलिभिजनका जिल्ला संवाददाता रहेका छन् भने न्यौपाने नेपाल टेलिभिजनका जिल्ला संवाददाता हुन् । मिडियाको क्षेत्रबाट स्याङ्जाका गतिविधिहरुलाई उजागर गरेको भन्दै सम्मान गरिएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
