नाडाको अध्यक्षमा करण चौधरीसहित पुरै कार्यसमिति सर्वसम्मत

काठमाडौं । अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको छ ।

बिहीबार (आज) नाडाको अध्यक्षमा करण चौधरीको मात्रै मनोनयन दर्ता भएपछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। कार्यसमिति सदस्यमा पनि संस्थाको विद्यान अनुरुप मनोनयन दर्ता भएपछि कार्यसमिति नै सर्वसम्मत बनेको हो ।

Advertisement

त्यससँगै, सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन्।

यसैगरी, संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका छन्।

More News last news
Loading...