नेपाली कांग्रेसको महासमिति बैठक र महिला ‘६ सुझाव’

मुना शर्मा लामिछाने । नेपाली कांग्रेससको आसन्न महासमिति बैठक, काङ्ग्रेस पार्टी विगतको संमिक्षा संगै, विचार, नीति कार्यक्रम, संगठन संन्चालनको आगामी कार्ययोजना, तय गर्ने र नेपाल राष्ट्र, नेपालीको अपेक्षाहरूलाई सम्वोधन गर्नेगरी सम्पन्न गर्नुपर्ने हाम्रो जिम्मेवारी छ।

महासमिति बैठकमा आधा आकाशको प्रतिनिधित्व गर्ने २१ औं सताब्दीसंगै हुर्किरहेका डेढ करोड भन्दा बढी नेपाली नारीहरूको अपेक्षा मिश्रित खबरदारी पनि रहनेछ । नेपाली काङ्ग्रेस भित्र नेपालमा पहिलो पटक राजनितिक संघर्षमा सहभागी गराउँदै पहिलो मताधिकार पहिलो निर्वाचित सांसद, मन्त्री, उपप्रधानमन्त्री, ठुलो पार्टीको केन्द्रीय पदाधिकारी, महिलाहरूको पक्षमा बोल्न र महिलाहरुलाई जागरुप बनाउन नेपाल महिला संघको संस्थापना, समावेशी संविधान मार्फत राज्य र पार्टीका सबै तहमा ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्व गर्ने नीतित व्यवस्थामा नेपाली कांग्रेस पार्टी नेतृत्वदायी भूमिकामा रह्यो ।

Advertisement

तर आजको युगको चेतना अनुसार जनसंख्याको आधारमा राज्य र पार्टी संञ्चालनको तहमा ५१ प्रतिशत भन्दा बढी महिलाहरूको प्रभावकारी उपस्थित हुनुपर्ने देखिन्छ। यधपि वर्तमान परिस्थितिलाई बुझ्न र समाधान गर्न केही सुझावहरू बुँदागत रूपमा टिपोट गरेको छु ।

१) केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको रहने हौवा तर १४ जना पदाधिकारीमा महिला जम्मा १ जना । हाम्रो कांग्रेसको यो कस्तो समावेसी नीति हो ? महत्त्वपूर्ण निर्णयहरू गर्ने पदाधिकारीको बैठक बस्ने गरेको छ सो बैठकमा महिलाहरूको एजेन्डाले कति ठाउँ पाँउला ३३ प्रतिशतको कुरा गर्ने हो भने पनि दुई उपसभापति, दुई महामन्त्री भएको ठाँउमा १ महामन्त्री १ उपसभापति सोत महिला हुनुपर्ने होइन र ? १४ जना पदाधिकारी हुँदा ५ पदाधिकारी महिला हुनैपर्छ ।

२) संसद्मा ३३ प्रतिशत तर मन्त्रीमन्डलमा ३३ प्रतिशत खै ? झुक्काएको महिलालाई ?

३) काग्रेसको टिकट बाड्ने शक्तिशाली केन्द्रीय संसदीय बोर्डमा, प्रदेश संसदीय बोर्ड लगायतका बोर्डहरूमा खै ३३ प्रतिशत ?

४) जिल्ला, क्षेत्र, पालिका, वडाहरू तथा सदस्यमा ३३ प्रतिशत भएता पनि नेतृत्व विकास अवसर र निर्णायक भुमिका रहने पदाधिकारीमा खै ३३ प्रतिशतको सुनिश्चितता ?

५) समावेसी करण र महिलालाई अवसरको नाममा केही अपवाद छाडेर पुरूष दिने र महिला माग्ने हुनेगरी भएको अभ्यासले क्षमता नभएका, आफन्त, चाकडीबाझ अयोग्यहरूले स्थानपाई, आवश्यकता अनुसार भुमिका खेल्न नसक्दा समावेसीकरण माथी नै विकृत प्रश्न उठ्ने अवस्था निर्माण भएको छ । योग्यहरू राजनीतिबाट नै विस्थापित हुने अवस्थमा पुगेका छन्।

यसको वैकल्पिक समाधानको रूपमा महिला महिला विचमा मात्र प्रत्यक्ष प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रहरू, (रोटेसनका आधारमा, जनसंख्याको आधारमा, ५० प्रतिशत सिट महिलामात्र उमेदवार हुने ब्यबस्था गरि महिलाहरुबीच प्रत्यक्ष प्रतिस्पर्धा गराइ उत्कृष्ट महिलाहरूलाई नेतृत्वमा लैजाने व्यवस्था कांग्रेस माहासमितिले गर्न सक्नु पर्दछ। मेयर, उपमेयरमा, वडा अध्यक्षमा एक कार्यकाल पुरूष भए अर्को कार्यकाल महिला हुने गरि गरिने व्यवस्था न्यायिक हुने देखिन्छ।

६) नेपाली काङ्ग्रेसका १४ भातृ संस्था मध्य महिला संघको नेतृत्वमा मात्रै महिला छ । अरू सबैमा पुरूषको नेतृत्वमा छ। कम्तिमा आधा भातृ संस्थाको केन्द्रीय महिलाहरूले पाउनुपर्छ । भातृसंस्थाहरुको वाड देखि केन्द्रीय समिति सम्म भातृ संस्थामा ५० पदाधिकारी र सदस्य महिलाहरूले अवसर पाउनेगरी सुनिस्चित गरिनु पर्छ। लेखक मुना शर्मा लामिछाने, नेपाल महिला संघ पर्वतकी अध्यक्ष, महादिवेशन प्रतिनिधि तथा महासमिति उम्मेदवार हुन् ।

More News last news
Loading...