प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो।

मंगलबार साँझ पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो।

Advertisement

एक वर्षको समयमा प्रधानमन्त्री बनेपछि गरेका कामहरुको बारेमा जानकारी गराउन प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ ।

यसअघि २०६४ र ०७४ सालमा पनि प्रधानमन्त्री बन्नु भएका दाहालले सुशासन र संवृद्धिलाई केन्द्रमा राखेर काम गर्दै आएको दावी गर्नुभएको छ ।

More News last news
Loading...