टिम सहयात्री प्रा.लि.को चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेसन सम्पन्न

पुतलिबजार । स्याङ्जा जिल्लाको पुतलिबजार नगरपालिका वडा नं-३ मा पार्टि प्यालेस, रेष्टुरेण्ट लज तथा स्विमिङ् पुल संचालन गरेको टिम सहयात्री प्रा. लि. ले चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेसन सम्पन्न गरेको छ ।

पुतलिबजार नगरपालिका प्रमुख तुलसिराम रेग्मीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप-प्रमुख देबि अर्याल, नागरिक समाजका अध्यक्ष ओम प्रकाश शर्मा, उद्योग बाणिज्य संघ स्याङ्जाका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ, रेडियो स्याङ्जाका अध्यक्ष ध्रुबबन्धु पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement

सो अबसरमा संस्थाको स्थापनाकालदेखि निर्माण तथा ब्यबसाय प्रबर्दनमा सहयोग पुर्याउने संघसंस्था तथा ब्यक्तिहरुलाइ प्रशंशापत्र प्रमुख अतिथि तुलसिराम रेग्मी, उप प्रमुख देवि अर्याल र अध्यक्ष मनोज मल्लले प्रदान गर्नुभएको थियो ।

गरिमा बिकास बैंक, सहयात्री को-अपरेटिभ, लालिगुराँस बचत तथा ऋण सहकारि संस्था, बाडखोला हार्डवयर, नवराज शर्मा, सुर्योदय वोमि लघुबित्त, पत्रकार भवानि अधिकारि र प्रकाश डोटेल, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजन, सञ्जय थापा, अनन्त कुमार श्रेष्ठ, शिशु निकेतन अंग्रेजि आवाशिय मा. बि. र चित्र बहादुर के. सि. लाई लाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

त्यस्तै, सोही भेलाबाट दोस्रो कार्यकालका लागि अध्यक्ष मनोज मल्ललाई पुन: जिम्मेवारी प्रदान गरेको छ । सदस्यहरुमा एक नारायण मरासिनि, गोबिन्द प्रसाद शर्मा, सञ्जय थापा, राजेन्द्र बहादुर गोदार, बिमल थापा र सदस्य सचिवमा सञ्जय बहादुर गोदार रहनुभएको छ ।

बैबाहिक कार्यक्रम लगायतका कार्यक्रमहरुका पोखरा जानबाट रोक्ने प्रयास स्वरुप तयार भएको सो पार्टि प्यालेस, रेष्टुरेण्ट, लज र स्वीमिङ् पुलको लागत पाँच करोड अठ्ठाइस लाख रहेको छ । बिभिन्न कार्यक्रमका लागि पोखरा जाने क्रम पचहत्तर प्रतिशत सम्म कम गर्न सफल भएको र सबै खालका सेवाहरु एकै ठाउमा प्रदान गर्ने यो कंम्पनि सदरमुकाममा एउटा मात्र र पहिलो रहेको छ । जसको सेवा, गुणस्तरियता र लोकप्रियता दिनदिनै बढ्दो छ ।

बर्सेनि १५-२० वटा बैबाहिक कार्यक्रममा पोखरा जानुपर्ने बाध्यता, पैसा र समयको खपतका कारणले हामी समकक्षिहरु मिलेर यो कंम्पनि स्थापना गरेका हौ । शुरुको अबस्थामा चौध जना शेयर सदस्य रहेको यो संस्थामा अहिले सत्र जना छौ ।

साथै आगामी दिनमा नया योजना र ब्यबसाय बिस्तारमा जाने सोच रहेको कुरा कंम्पनिका अध्यक्ष तथा परिकल्पनाकार मनोज मल्लले बताउनुभयो । ब्यबसायमा नाफा स्वभाबिक अपेक्षा हो र पनि हाम्रो जस्तो ग्रामिण र अर्धशहरि क्षेत्रमा सेवामुखि बढि हुनुपरेको छ । न्युनतम मुल्यमा हामीले सेवा प्रदान गरिरहेका छौ, उहाले थप्नुभयो । दिनभर चलेको सो कार्यक्रमको संचालन राजेन्द्र बहादुर गोदार तथा स्वागत मन्तब्य गोबिन्द प्रसाद शर्माले गर्नुभएको थियो ।

More News last news
Loading...