घट्यो पेट्रोल र डिजेलको मूल्य, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो ।

पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ । घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने छ ।

Advertisement

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

More News last news
Loading...