स्वास्थ्य चौकीको एम्बुलेन्समा गाजा तस्करी, चालक पक्राउ

बझाङ । बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरकाे एम्बुलेन्ससहित पक्राउ परेका हुन् ।

खातीकाे साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...