तमु युवा ह्युल छोज धीँको अध्यक्षमा कास्कीका तोरण, महासचिवमा तनहुँका मनराज निर्वाचित

कास्की । तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ निर्वाचित हुनुभएको छ । इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो।

यसैगरी महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित हुनुभयो। त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ(रुपन्देही), महिला उपाध्यक्षमा प्रमिला गुरुङ(काठमाडौँ) कोषाध्यक्षमा विनोद गुरुङ चयन हुनुभएको छ ।महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

Advertisement

प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ चयन हुनुभएको इलामबाट पत्रकार सिद्धान्त शाहीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

More News last news
Loading...