पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ

 

पोखरा । पोखराको नदिपुर र बगरबाट गत मंसिर १९ गते दुई वटा स्कुटर चोरी भएको थियो । कास्की प्रहरीले ती स्कुटरहरु चोरी गर्नेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार स्कूटर चोरी गर्ने एक बालक रहेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ दीप बस्ने वर्ष १७ का एक जना बालक छन् । प्रहरीका अनुसार मंसिर १९ गते पोखरा ३ नदीपुरमा पार्किङ गरिराखेको ग१४प २०३४ नम्बरको स्कूटर र पोखरा १ बगरमा पार्किङ गरी राखेको ग८प ९९३ नम्बरको स्कुटर उनले चोरी गरेका थिए ।

Advertisement

प्रहरीले खोजतलास गर्नेक्रममा ग१४प २०३४ नम्बरको स्कूटरसहित बालकलाई फेला पारेको थियो । उनलाई सोधपुछ गर्दै जाँदा ग८प ९९३ नम्बरको स्कुटरसमेत चोरी गरेको भेटिएको थियो ।

उनी यसअघि पनि चोरी मुद्धामा ३ पटक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकलाई चोरी तथा डाँकासम्बन्धी मुद्धामा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...