काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडेले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
बैंकले नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदको लागि आवेदन पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्तिलाई विक्री गरिने जानकारी कम्पनीले दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
