सुर्खेत । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइ अन्तर्गतको बहस मंगलबार सकिएको हो।
जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।
यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ।
घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए। उनीहरूमध्ये थुनछेक बहसका क्रममा २ जना बालकसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
