काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्ने समय आयोगले तोकेको छ।
निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
