आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन आज (बिहीबार) स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

More News last news
Loading...