सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ आजको भाउ

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । साेमबारको तुलनामा आजको मूल्य ३०० रुपैयाँले बढी हो ।

Advertisement

त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १५०० रुपैयाँमा कारोबार चाँदी आज सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...