काठमाडौं l नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।
प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ताको व्यवस्था हुने गरी ती कर्मचारीहरुको सरुवा गरिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
