भारतमा पशुपतिनाथ बनाउने स्विकृति: नेपालमा चुपचाप, उत्तराखण्डमा खूशीयाली

काठमाडौं । भारतीय सेनाको चिफ अफ डिफेन्स स्टाफ रहिसकेका र ८ डिसेम्बर २०२१ मा एक हेलिकोप्टर दुर्घटनामा मृत्य भएका जनरल बिपिन रावतको सैंण गाउँमा पशुपतिनाथ मन्दिर बन्न थालेको छ। उत्तराखण्डको पाँचौ धामका रूपमा पशुपतिनाथ बन्न थालेको समाचार भारतीय पत्रपत्रिकाहरूमा सार्वजनिक भएका छन्।

विश्वभरिका तिर्थयात्री आउने देव भूमि उत्तराखण्डमा पशुपतिनाथ स्थापित भएपछि धार्मिक पर्यटन व्यापक हुने विश्वास भारतको छ। जनरल रावत पहिला गोरखा राइफल्समा थिए । गोर्खा रेजिमेन्टको भारतमा योगदान र बलिदानको स्वर्णिम इतिहास छ भन्दै भारतीय पत्रपत्रिकाले लेखेका छन्, “जनरलरावत के पिता लेफ्टिनेंट जनरल लक्ष्मण सिंहरावत भी गोर्खारेजीमेंट ही थें । यही कारण है कि पशुपतिनाथ मंदिर काठमांडू के सहयोग से जनरलरावत के गांव सेवा में मंदिर बनाया जारहा है । सैंण गांव में मंदिर बनाने की अनुमति पशुपति क्षेत्र विकास कोष काठमांडू नेपाल की ओर दी गई है।”

Advertisement

पशुपतिनाथ स्थापित भएपछि दर्शन, तर्पण, पिण्डदान गर्न गया र पशुपतिनाथमा जान हिन्दु धर्माबलम्बीका लागि सुविधा हुनेछ । बिपिन रावतका अनुसार मन्दिर बनाउनुको उद्देश्य रावतको गाउँ क्षेत्रलाई एक आदर्श गाउँ बनाउनुका साथै यो मन्दिर जनरल रावतको स्मृतिलाई सधैं ताजा राख्नु पनि रहेको प्रचार भइरहेको छ । पशुपतिनाथ मन्दिर निर्माण क्षेत्रमा परमार्थ निकेतन के अध्यक्ष स्वामी चिदानंद सरस्वती र पूर्व मुख्यमंत्री तीरथ सिंहरावतले भूमिपुजन गरेका थिए ।

स्व: रावतको सपना पूरा गर्नका लागि भारतको रक्षा मन्त्रालयमार्फत सहरी विकास तथा अन्य भारतीय सरकारी निकायको पटक पटक छलफलपछि पशुपतिनाथ निर्माणको कार्य सुरू गरिएको थियो। नेपालले भने यसबारेमा कुनै पनि आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

 

More News last news
Loading...