बाबुराम र विप्लवजीसँग एकता गर्छु गर्छु : प्रचण्ड

रुकुम पूर्व । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भइरहेको बताएका छन्।

माओवादीको विशेष रुपान्तरण अभियानअन्तर्गत आइतबार रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताउँदै अब पूर्वमाओवादीहरुबीच एकताको पहल भइरहेको बताएका हुन् ।

Advertisement

माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराएको भन्दै एकताको विकल्प नभएको उनले बताए । ‘नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहानमात्रै छलफल भएको थियो’ अध्यक्ष प्रचण्डले भने, ‘नेकपा अध्यक्ष डा. बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको छ । उहाँहरुसँग एकता हुन्छ ।’

यस्तै, नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको पनि उनले जानकारी दिए । चीनले हिमाली नाकासँग सम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा समेत ल्याइने आश्वासन दिए ।

More News last news
Loading...